रुपन्देही सामाजिक सञ्जालको बृहत् शुभकामना आदान–प्रदान कार्यक्रम आज

अष्ट्रेलिया, नेपालीहरूको महान पर्व विजया दशमी र दीपावली नजिकिँदै जाँदा प्रवासमा पनि रौनकता बढ्न थालेको छ । यसै सन्दर्भमा विजया दशमी तथा दीपावलीको अवसरमा रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने जानकारी असनेपालन्यूजलाई दिएको छ ।

अक्टुवर ४ अर्थात आज  टेम्पीस्थित केण्ड्रिक पार्कमा बार्बेक्यु तथा सांगीतिक कार्यकमको आयोजना गरिएको संजालले बताएको छ । कार्यक्रम दिउँसो १२ बजे देखि सुरु हुनेछ।

कार्यक्रममा रुपन्देही सामाजिक संजाल सिड्नीको कार्यसमितिका पदाधिकारीहरुको चयन पनि गरिने भएकोले रुपन्देही बाट अष्ट्रेलिया आउनु भएका सबैलाई निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु