तीन दल मिल्नुको विकल्प छैनः अध्यक्ष ओली

K.P. Oli Photo: THT file

असोज १७  । काठमाडौँ,  एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान ल्याउन नचाहने शक्तिले फेरि तीन दलबीच फाटो ल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। त्यसलाई चिर्दै एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइने पनि उनले बताए ।

ओलीले संविधान निर्माणमा एक भएर लागेका तीन दललाई फुटाउन अहिले विभिन्न शक्तिकेन्द्र लागेको बताए । युवा संघ नेपाल केन्द्रीय समितिको बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘तीन दलभित्र र बाहिर विभिन्न शक्तिकेन्द्र खेल्न खोजिरहेका छन् । हामी त्यसलाई असफल बनाउँछौँ ।

ओलीले पछिल्लो अवस्थामा तीन दलबीच केही असमझदारी बढेको स्वीकार गर्दै संविधान कार्यान्वयनका लागि पनि तीन दल मिल्नुको विकल्प नभएको स्पष्ट पारे । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु