बहुमतीयकै तयारीमा दलहरू

sarkarअसोज १७। काठमाडौँ,  राष्ट्रपतिले एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान गरेपनि प्रमुख दलका नेताहरू बहुमतीय प्रक्रियाबाट अधिकतम सहमति खोज्ने तयारीमा लागेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको समर्थनमा प्रधानमन्त्री चयन असम्भव भएको जनाउँदै नेताहरूले बहुमतीय प्रक्रियाबाटै अधिकतम सहमति खोज्न लागेका हुन् ।

सहमतीय सरकार बनाउन संसद्का ३१ दलकै समर्थन चाहिन्छ । शनिबार छुट्टाछुट्टै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले सबैको समर्थनमा सहमतीय सरकार बन्न नसक्ने भन्दै बहुमतीय प्रक्रियाबाटै अधिकतम सहमति खोजिने बताए ।  ओलीले युवा संघको केन्द्रीय समितिको बैठकमा  र देउवाले तरुण दलको कार्यक्रममा बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि सरकारको विषयमा ठोस छलफल हुने बताएका हुन् । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु