एमालेले तत्काल मन्त्री फिर्ता नगर्ने

purusottam-paudel-a-असोज १४ । काठमाडौँ, अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

कोइरालाले मंगलबार ओलीलाई टेलिफोन गरेर अख्तियारको निर्देशनको पालना गर्नुपर्ने भन्दै बुधबार साँझसम्म खेलुकद मन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए । ओलीले भने अख्तियारको पत्र हेरेर मात्रै त्यस विषयमा जबाफ दिने जानकारी गराउँदै तत्काल फिर्ता नबोलाउन  संकेत गरेको बुझिएको छ । ‘दुई मन्त्री फिर्ता बोलाउने विषयमा अख्तियारले पत्रमा के लेखेको छ त्यो हेरेर जबाफ दिने अध्यक्ष ज्यूले जानकारी गराउनु भयो’ ओली निकट स्रोतले बताएको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु