धर्मपुत्रपुत्रीमाथिको रोक खुल्यो

Family_and_Child_BW१० असोज ।  काठमाडौँ, वैशाख १२ गतेको विनासकारी भूकम्पपश्चात रोक लगाइएको धर्मपुत्रपुत्री लिन र लैजान पाउने प्रक्रिया खुलेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भूकम्पमा परेर बाबुआमा गुमाएका बालबालिकालाई धर्मपुत्रपुत्रीका रूपमा ओसारपसार गर्दा उनीहरूको तस्करी र बेचविखन हुन सक्ने भन्दै एक जिल्लाबाट अर्को जिल्ला वा विदेश पठाउनबाट रोक लगाएको थियो ।

अन्तर्देशीय धर्मपुत्री व्यवस्थापन विकास समितिले वैशाख ११२ गते देखी लगाएको रोक खुलाएको हो ।  समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले प्रक्रिया खुला भएको जानकारी दिए । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु