दाहालप्रति दूराग्रह छैनः भट्टराई

baburam-bhattaraifअसोज १० । काठमाडौँ, ‘झट्ट हेर्दा अकस्मात देखिएपनि मैले यो कुरा धेरै समयअघिदेखि भनिरहेको थिएँ । माक्र्सवादी भाषामा भन्ने हो भने संविधान निर्माण भएपछि पुरानो सामन्तवादी युग सकिएर पुँजिवादी युग सुरू हुने हुने, त्यसपछि समाजवादका लागि अरू लड्नुपर्छ भनेर भन्दै आएको थिएँ,’ शनिबार कान्तिपुरसँगको कुराकानीमा आफूले पार्टी परित्याग गर्नुको कारण खुलाउँदै एकीकृत नेकपा माओवादीका नेता डा. बाबुबराम भट्टराईले भनेका छन्, ‘असोज ३ गते संविधानसभाबाट नयाँ संविधान बनेसँगै अब हामीलाई नयाँ बहस चाहिएको छ । त्यो नयाँ बहस पुरानो पार्टीको पुरानो संरचनाले चलाउन सक्दैन, नयाँ सन्दर्भमा चल्नुपर्दछ । यसका लागि पार्टीभित्र मात्रै बहस गरेर पुग्दैन । समाजका सवैसँग खुला छलफल गर्ने सोचका साथ अघि बढ्न पार्टी परित्याग गरेको हुँ ।’

त्यस्तै उनले पार्टी छाडेको जानकारीसहितको पत्र पार्टी अध्यक्ष दाहाललाई पठाइसकेको बताउँदै दाहालबाट कुनै प्रतिक्रिया नपाएको बताए । उनले दाहालसँग आफ्नो कुनै दूराग्रह नरहेको बताउँदै दाहाल पनि देश र जनताकै सेवामा लागेको नेता भएकाले छिट्टै भेटघाट हुने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु