संसद् बैठकमा उपस्थितिका लागि अनुरोध

काठमाडौँ,  व्यवस्थापिका–संसद् सचिवालयले यही असोज १५ गते अपराह्न १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आह्वान गरिएको व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनमा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी शुक्रबारै अधिवेशन आह्वान गरेका हुन् । व्यवस्थापिका –संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिएका हुन् ।

सम्बन्धित शिर्षकहरु