अष्ट्रेलिया, मुलुकमा नयाँ संविधान जारी भएकोमा एडीलेडमा नेपाली समूदायमा खुसियाली छाएको छ । साउथ अस्ट्रेलियामा रहेका नेपाली समूदायले संविधानको स्वागतमा दीपावली गरेर उत्साह र खुसी प्रकट गरेका हुन् । कार्यक्रम एडिलेडको हायंड मार्समा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अष्ट्रेलियाका शिक्षा, रोजगार र मल्टीकल्चर बिभाग हेर्ने स्याडो डेबिड पिसोनि थिए । अष्ट्रेलियाका बाणिज्य दुताबास, एडीलेड नेपाली समाज अष्ट्रेलिया, बोटल फर स्कुल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया, एडिलेड नेप्लिज बोमन्स एशोसीयसन, एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन, एडीलेड खुकुरी फुटबल क्लब, नेपाली फुटबल क्लब , अष्ट्रेलियन नेप्लिज नर्सेस एण्ड मिड्वाइफ सोसाइटी , फ्लिनडर युनिभर्सिटी नेप्लिज स्टुडेन्ट सोसाइटी लगायतका सस्थाहरुको सहकार्य र गैर आवाशीय नेपाली संघ साउथ अष्ट्रेलिया आदी कार्यक्रममा आयोजक एवम् सहयोगी संस्था थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याडो मन्त्री पिसोनिले नेपालमा संविधान जारी भएकोमा अवसरमा नेपाली समुदायसंग संगै दिपावली कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका थिए । गैर आवासीय नेपालीहरूलाई नया संविधानमा दोहोरो नागरिकताको व्यवस्था गरिएकोमा खुसि व्यक्त गर्दै एनआरएन साउथ अष्ट्रेलियाका संयोजक नविन कंडेलले संबिधान जारी भएकोमा विश्वमा छरिएर रहेका गैर आवासीय नेपालीहरु खुसि भएको र समस्याहरूलाई नेतृत्वले राजनीतिक संवादका माध्यमबाट समाधान गर्न सुझाए । त्यस्तै नविन पन्तले नेपालीहरूको लामो प्रतीक्षा पछि आफ्नो संविधान आफै लेख्ने सपना र चाहना पुरा भएको मा खुसि व्यक्त नेपालमा शान्ति, सुव्यवस्था र आर्थिक उन्नतीका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।







