संविधानसभामा राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठ

president yadavकाठमाडौँ, सम्माननीय अध्यक्ष महोदय, संविधानसभाबाट जारी भएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको घोषणा गर्ने अवसरमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले झण्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दीगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मुलुक बदलिएको छ । यस अवसरमा लोकतान्त्रिक आन्दोलनमा शहीद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु ।

यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपाली जनतामा निहीत सार्वभौमसत्ता र राज्यशक्तिको शक्ति जनतामात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ ।

संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक प्रतिनिधित्वको विषय संविधान कार्यान्वयनको क्रममा अझै फराकिलो र विकसित हुँदै जानेछन् । संविधानको घोषणासँगै देश दिगो शान्ति, राजनीतिक स्थायित्व र न्यापूर्ण समाजिक आर्थिक बाटोमा तीब्रताको साथ अघि बढ्ने हाम्रो विश्वास छ ।

हाम्रो देश बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको छ । नयाँ संविधानले सवै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार भाषा, भेषभूषा, सँस्कृति र पहिचानलाई समान ढंगले प्रवद्र्धन गर्नेछ । विविधता बीचमा एकतामा जोड दिँदै सवै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गर्ने छ ।

हिमाल पहाड, तराई–मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजूभाईहरुलाई पारस्परिक एकतासहितको मेलमिलापको साथ यस संविधानसभाबाट पारित भएका जनताको अधिकार उपलब्धि र संघीयता सहितको लोतान्त्रिक गणतन्त्रको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न आह्वान गर्दछु । संविधान गतिशित दस्तावेज हो । यसको सफल प्रयोग गर्दै समाजिक न्याय, अधिकार, समृद्धि प्राप्त गर्न निरन्तर क्रियाशिल रहन आग्रह गर्छु ।

यो ऐतिहासिक दस्तावेज नेपालको संविधान निर्माणमा सहयोग गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, सभासदहरुलाई सभाध्यक्ष मार्फत हृदयदेखि धन्यवाद दिन्छु । यो संविधान र परिवर्तित सभाले देशको एकतालाई अझ मजबुद गर्दै लाने छ । राष्ट्रको जय होस्, सवै नेपालीको जय होस् । धन्यवाद !

सम्बन्धित शिर्षकहरु