एमाओवादीका मधेसी नेताले गरे बिद्रोह

Maoist-buildingअसोज ३ । काठमाडौँ, एकीकृत नेकपा माओवादीका एक दर्जन बढी मधेसका केन्द्रीय नेताले नयाँ संविधान जारी पछिको दीपवाली र संयुक्तसभामा सहभागी नहुने घोषणा गरेका छन् । पार्टी नेतृत्वले संविधान जारी पछिको दीपावली र संयुक्त सभामा सहभागि हुन पार्टी पंक्तिलाई निर्देशन दिएलगत्तै मधेसका केन्द्रीय नेताले पार्टी निर्देशन अवज्ञा गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेका हुन् ।

एमाओवादीका पोलिटव्यूरो सदस्य रामचन्द्र झा, विश्वनाथ साह, प्रभु साह, महेन्द्र पासवान, केन्द्रीय सदस्यहरू रामरिझन यादव, रामकुमार शर्मा, हकिकुल्ला खाँ, भरत साह, घनश्याम यादव, रामचन्द्र मण्डल, उपेन्द्रप्रसाद साह, चिनक कुर्मी, केन्द्रीय सल्लाहकार कलमुद्दिन राइन र रमेशरञ्जन झाले शनिबार संयुक्त बक्तव्य जारी गर्दै पार्टी निर्णय नमान्ने बताएका हुन् । समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु