भदौ २९ । भद्रपुर, झापाको सुरुङ्गा प्रहरी चौकीमा आज बिहान ७ः४० बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विष्फोटको कारण प्रहरी सहायक निरीक्षक देवनारायण यादवसहित दुई जना सामान्य घाइते भएको र उनीहरुको उपचार बिएण्डसी हस्पिटल विर्तामोडमा उपचार भइरहेको जिप्रकाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।
उनले घटनाको सम्बन्धमा अनुसन्धान सुरु भइसकेको र थप विवरणबारे पछि जानकारी दिने बताए ।








