अष्ट्रेलियाले १२ हजार सिरियाली शरणार्थी लिने

असनेपालन्युज , सिड्नी । अष्ट्रेलियाले १२ हजार सिरियाली शरणार्थी आफ्नो देशमा लिन तयार रहेको बताएको छ । प्रधानमन्त्री टोनी एवटले सो कुरा बताएका हुन् ।  युद्धको चपेटाका कारण लाखौँ नागरिकहरू देश छोडेर अन्य देशमा पलायन् हुने क्रम बढिरहेsyrian_refugee_4-1को बेला अष्ट्रेलियाको सो कुरा बाहिर आएको हो । अष्ट्रेलियाले इस्लामिक स्टेट आइएसआएस बिरूद्ध कारवाही थाल्न लागेको पूर्व सन्ध्यामा प्रधानमन्त्री  एवटले  सिरियाली शरणार्थी व्यवस्थापनमा आफूले सघाउने बचनवद्धता गरेको अष्ट्रे1441771404609 लियाली समाचारले  उल्लेख गरेका छन् । शरणार्थीर्थीलाई यसरी ठुलो परिमाणमा भित्र्याएको सम्भवत यो नै पहिलो हो । उनले आज क्यानवेरा मा आयोजित एक कार्यक्रममा भने यसका लागि आजै बाट पहल गरिने छ। सिरिया , लेबनन सिरिया ,टर्की का पीडितलाई पहिलो प्रार्थमिकतामा राखिने छ ।

क्यानवेरामा बुधबार आयोजित एक कार्यक्रममा एवट्ले भने, ‘हामी सरकारी नीति अनुरूप नै युद्धग्रस्त १२ हजार सिरियाली नागरिक शरणार्थीको रूपमा लिन तयार छौँ ।’

यसका लागि कुल खर्च ७सय मिलियन खर्च लाग्ने अनुमान छ ।

सम्बन्धित शिर्षकहरु