भदौ २१ । भक्तपुर, राष्ट्रिय प्रजान्त्रपार्टीका अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको अध्यक्ष आफू नै रहेको दाबी गरेका छन् ।
रफत सञ्चर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले पार्टी बिधानमा अध्यक्षको राजनीमा आएमा, मृत्यु भएमा मानसिक असन्तुलनको अवस्था र बिशेष साधारण सभाबाट मात्रै हटाउन मिल्ने भन्दै अहिले पनि आफू नै बैधानिक अध्यक्ष्ँ भएको जिकिर गरेका हुन् । उनले चन्दपक्षसँग बहुमत रहेको विषय हल्ला र प्रचार मात्र भएको दावी गरे ।
‘बिधान विपरित गएर काम गरेका १६ सदस्यहरुलाई पार्टीले निष्काशन गरिसकेको छ,’ उनले भने ‘मन्त्री सुनिल थापालाई फिर्ता बोलाउने प्रक्रिया सहित प्रधानमन्त्री कार्यलयलाई जानकारी गराई सकेको छ ।’ त्यस्तै उनले पार्टी बिपरित गएर काम गरेका अन्यलाई समेत केन्द्रीय समितिको बठैकले छिट्टै कारवाही गर्ने बताए । उनले भने, ‘डेढ वर्ष अघि नै पार्टीबाट अलग रहेका चन्द र प्रकाशचन्द्र लोहनीले हाल आएर नयाँ नाटक देखाएका छन् जसमा सुनिल थापाको समेत सहभागिता रहेकाले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीमा चक्रिय प्रणालीका बारे कतै उल्लेख नभएको र चन्द पक्षले हल्ला गर्दै पार्टीलाई चीरा पार्ने काम गरेको भन्दै जबराले पार्टीको केन्द्रीय समितिको बठैक पश्चात उनीहरुलाई पनि कारवाही गरिने दावी गरे ।
उनले संविधान जारीका विषयमा पछिल्लो समय जसरी सिमांकन र नामांकनलाई लिएर थारूहरू र मधेशमा अन्दोलन भएको छ जायज मागहरूको पहिचान गरी सम्बोधन गरिनु पर्ने उनको टिप्पणी थियो ।
संविधानजारी गर्न जसरी चार दलले भूमीका खेल्नु पर्ने हो त्यसो हुन नसक्दा समस्या बढ्दै गएको र यस्तै परिस्थिति रहेमा संविधानजारी पश्चात पनि देशले द्वन्द्व भोग्नु पर्ने भएकाले बेलैमाच ार दलका नेताहरूलाई दुरगामी सोचका साथ संविधानजारी तर्फ अग्रसर बन्न आग्रह गरे ।








