भदौ २० । काठमाडौँ, राप्रपा औपचारिक रूपमा विभाजन भएको छ । पशुपति शम्शेर नेतृत्वको राप्रपा फुटेको हो । पार्टीका सय केन्द्रीय सदस्यमध्ये ६३ जनाले लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष चुनेका छन् । पार्टीमा नयाँ अध्यक्ष चुनिएकोबारे निर्वाचन आयोगमा जानकारी गराइसकिएको चन्द स्रोतले बताएको छ ।
चन्द नेतृत्वमा प्रकाशचन्द्र लोहनी, सुनिलबहादुर थापा, नवराज सुवेदी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र परशुराम खापुङसहितले चन्दलाई समर्थन जनाएका छन्। चन्दलाई समर्थन गर्नेहरु प्रायः सूर्यबहादुर थापा निकट रहेका छन् ।
पार्टीका महामन्त्री विक्रम पाण्डेका अनुसार जुन आधारमा पशुपति शम्शेर पार्टीका अध्यक्ष भएका थिए, त्यही आधारमा लोकेन्द्रबहादुर चन्द पार्टीका अध्यक्ष बनाइएका हुन्। पार्टीमा अरु हेरफेर नभएको उनले बताए








