अष्ट्रेलिया, नेपाली चलचित्रहरुले विस्तारै अन्तर्राष्ट्रिय हलमा स्थान पाउन थालेका छन् । पछिल्ला दिनहरुमा उत्पादन भएका नेपाली चलचित्रहरुलाई दर्शकहरुको माग बढेसँगै यसको विस्तार र प्रभाव पनि बढ्न थालेको हो । यसकै पछिल्लो नमुना हो, अष्ट्रेलियामा रहेका दर्शकहरुको मागपछि नेपाली चलचित्र होस्टेल रिर्टन्सलाई यही सोमबारदेखि अष्ट्रेलियाका एडिलेड,मेलवर्न,व्रिसवेन र पर्थका विभिन्न थियटरहरुमा फिल्म देखाइने भएको हो ।
असनेपाल न्यूज डटकमसगँ आज कुराकानी गदै अष्ट्रेलियमा बसोबास गर्ने नेपालीहरु र विभिन्न थियटरको सहकार्यमा हसविनमा रहेको सिविक थियटरमा सोमबार सेप्टेम्बर ७ मा उक्त फिल्म देखाउन लागिएको चलचित्र प्रदर्शनकर्ता गोविन्द्र भण्डारीले बताए। नेपाली दर्शकहरुको चाहना र माग बढेसँगै हामीले अष्ट्रेलियाका विभिन्न थियटरहरुमा होस्टेल रिटर्न्स देखाउन लागेको हुँ , उनले भने ।
नेपालमा राम्रो चल्दै आइरहेको फिल्म होस्टेल रिर्टन्स यहाकाँ दर्शकहरुलाई मध्यनजर राख्दै यो फिल्मलाई एक हप्तासम्म विभिन्न हलमा चलाउने उद्देश्य लिएको भण्डारीले जानकारी दिए । व्यवसायिक फिल्मीहरु भएका कारण अहिलेलाई चलचित्र निर्माणकर्ताहरु र हिरो हिरोइनहरुलाई ल्याउने उद्देश्यभन्दा पनि निर्माणकर्ता डारेक्टर र प्रोड्युसरकै अनुमतिमा यो चलचित्र देखाउन लागिएको भण्डारीले बताए। २ सय ९ वटा सिट क्षमता भएको हलमा सबै सिटहरु बुकिङ भइसकेको समेत उनले बताए ।







