रहेन विश्वका होचा चन्द्रबहादुर

विश्वकै सवैभन्दा होचाँ व्यक्तिकोरुपमा गिनिज बुक अफ दि वल्र्ड रेर्कड्समा नाम लेखाएका नेपालका ७६ बर्षका चन्द्रवहादुर डाँगीको उपचारकाक्रममा अमेरिकामा शुक्रवार निधन भएको छ ।

अमेरिकाको म्याजिक सर्कस अफ सामोआमा विगत तीन महिनादेखि कार्यरत डाँगी त्यस सर्कस अन्यत्र सार्ने तयारी हुदैँ गर्दा अकस्मात विरामी भएका थिए । पुरानो निमोनिया विग्रेको कारण अमेरिकको ल्याण्डन बी जोन्सन अस्पतालमा भर्ना गरिएका डाँगीको उपचारकैक्रममा मृत्यु भएको हो ।

वि.स. १९९६ मंसिरमा दाङमा जन्मिएका डाँगीले वि.स. २०६८ फागुन १४ गते विश्वके होँचा व्यक्तिको प्रमाणपत्र लिएका थिए । उनको उचाई एक फिट साढे नौ फिट अर्थात ५४ दशमलव ६ सेन्टीमिटर रहेको थियो । डाँगीको शरिरको तौल भने जम्मा १५ किलो रहेको थियो ।

सम्बन्धित शिर्षकहरु