टीकापुर घटनाका चार अभियुक्त पक्राउ

kailaiभदौ ८ । कैलाली ,सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान लिने गरी घटाइएको टीकापुर घटनाका चार दोषीलाई प्रहरीले पक्राउ गरेको बताएको छ । सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन थालिएको पुष्टि गरे ।

‘पक्राउ गरी उनीहरुलाई अनुसन्धान थालेका छौँ दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ’ खनालले भने । यद्यपी पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक भने गरेको छैन । सोमबार कैलालीको टीकापुरमा आन्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको पाशविक तवरले हत्या गरेका थिए । घटनापछि कैलाली अझै शान्त बन्न सकेको छैन ।
तस्बिरः दिलबहादुर छत्याल

सम्बन्धित शिर्षकहरु