भदौ ८। महोत्तरी, प्रादेशिक सीमाङ्कनको विरोधमा ११ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् ।
मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरी बिट जलाएका हुन् ।
बिहान ५ बजे गरिएको सो आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आन्दोलनकारीले जलेश्वरको दुई वटा प्रहरी बिटमा आगजनी गरेपछि जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपन
त्यस्तै आज बिहानैदेखि जलेश्वरमा गाउँगाउँबाट आन्दोलनकारीको समूह आउने क्रम बढ्दै गएको छ । रासस








