रौतहट, मधेस आन्दोलनको क्रममा रौतहटको सदरमुकाम गौरमा अश्रुग्यास र गोली चलेको छ। प्रहरीले चलाएको रबरको गोली लागेर २८ जनाभन्दा बढी घाइते भएका छन्। दोहोरो झडपमा लाठी र ढुगा लागेर प्रदर्शनकारी तथा सुरक्षाकर्मी गरी करिब ४० जना घाइते छन् ।
सोमबार बिहानदेखि गाउँगाउबाट बाँसको लाठी, भाला र तरबारसहित प्रदर्शनमा रहेका आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत लगायतका सरकारी कार्यालयरुमा ढुंगामुढा तथा तोडफोड गर्नथालेपछि सदरमुकाम गौरमा एकाएक तनाब बढेको हो।
तोडफोडकै क्रममा प्रदर्शनकारीले कार्यालयको सुरक्षर्थ खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गर्नथालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोलि प्रहार गरेको सुरक्षाा निकायले बताएको छ। जिल्ला प्रहरी कार्यालय नजिक विपी चोकमा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको हो ।








