सिड्नी, अष्ट्रेलियामा एनआरएनएको महिला मञ्च नारी निकुञ्जले भव्यतापूर्वक तीज कार्यक्रमको आयोजना गरेको छ । शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी भएको निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले असनेपालन्यूजलाई जानकारी दिइन् । ‘हामीले माइतीको आँगनी दिने काम गर्यौँ । कार्यक्रममा नेपाली मौलिक तीज गीत र नृत्यहरूको प्रस्तुती थियो । कार्यक्रम मार्फत नेपाली कला र संस्कृतिको बारेमा दोस्रो पुस्तालाई पनि सुसुचित गरायौँ,’ उनले भनिन्, कार्यक्रमले अष्ट्रेलियाबासी नेपाली समूदाय र विशेष गरी महिला दिदीबहिनीको न्याँस्रो मेटाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ ।’
कार्यक्रमको टीकट मार्फ संकलित रकम नेपालको भूकम्प पीडित महिला र बालबालिकाहरूको मानसिक स्वास्थ्यका लागि खर्चने जानकारी पनि दिइन् । करिव ४०० जना नेपाली समूदायको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अधिकारीले गरेकी हुन् भने दीपा सापकोटाले स्वागत र सिर्जना संग्रौलाले उपस्थितहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै कार्यक्रममा २०१३–१५ मा नारी निकुञ्जमा आवद्ध भएर नेपाली समूदायको हितमा काम गरेवापत संस्थाले कार्यसमितिका व्यक्तिहरूलाई कृतज्ञता समेत अर्पण
गरे
को थियो ।








