तनहुँका चार गाविसमा अझै पुगेन मोटरबाटो

भदौ ५ । काठमाडौँ, तनहुँका ४० गाविसमध्ये चार गाविसमा अझै मोटरबाटो पुग्न सकेको छैन ।

जिल्ला विकास समिति तनहुँले दिएको जानकारीअनुसार जिल्लाको कोटा, छिपछिपे, छिम्केश्वरी र देवघाट गाविसमा मोटरबाटो पुग्न नसकेको हो ।

सदरमुकामदेखि छिपछिपे ४० किलोमिटर, कोटा ५० किलोमिटर, छिम्केश्वरी ३६ किलोमिटर र देवघाट ५९ किलोमिटर दूरीमा रहेको सडक विस्तारका लागि जिल्ला विकास समिति र गाउँ विकास समितिले बजेट विनियोजन नै नगरी दिँदा ती गाविसमा मोटरमार्ग पुग्न नसकेको देवघाट निवासी पत्रकार सङ्गम सापकोटाले बताए।

उक्त क्षेत्रमा मोटरमार्ग पुग्न नसक्दा देवघाटमा रहेको देवघाटधाम, छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जस्ता धार्मिक स्थल र कोटा र छिपछिपेमा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको र उत्पादित वस्तुसमेत बजारसमक्ष पु¥याउन कठिनाइ बनेको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु