पहिरोमा बाह्रको मृत्यु, ५२ जना बेपत्ता

सियान,  चीनको उत्तरपश्चिमी शान्सी प्रान्तमा गएको पहिरोमा परेका १२ व्यक्तिको शव उद्धारकर्ताहरुले निकालेका छन् ।

सो घटनामा परी बेपत्ता ५२ जना व्यक्तिको उद्धारकार्य अझै जारी रहेको जनाइएको छ । उद्धारकर्ताहरुले आइतबार अपराह्नदेखि सोमबार बिहानसम्म १२ जनाको शव निकालेको बताइएको छ ।

पहिरोबाट १० जना व्यक्ति जीवितै निस्किन सफल भएका थिए भने अरु चार जनालाई उद्धार गरी अस्पताल पु¥याइएको बताइएको छ ।

हराएका मध्ये धेरै खानीमा काम गर्ने कामदार र स्थानीय गाउँले रहेको पनि उद्धारमा संलग्न उद्धारकर्मीले जनाएका छन् ।

सम्बन्धित शिर्षकहरु