मधेसी दलद्धारा अनिश्चितकालिन तराई बन्दको घोषणा

साउन ३२ । काठमाडौँ, मधेस केद्रित चार राजनितिक दलले अनिश्चितकालिन तराई बन्दको घोषणा गरेका छन् ।

संघिय समाजवादी फोरम नेपाल,तराई मधेस लोकतान्त्रिक पार्टी ,सद्भावना पार्टी , र तराई मधेश सद्भावना पार्टी नेपालले एक सम्युक्त विज्ञप्ती निकालेर अनिश्चितकालिन तराई बन्दको घोषणा गरेका हुन् ।

उनीहरुले चार शिर्ष दलले संबिधानको मस्यौदामा जातिय , राष्ट्रिय पहिचान , संघियता लोकतान्त्रिक गणतन्त्र र समाबेसी लोकतन्त्र धरापमा परेको भन्दै आम हड्ताल जारी रहने बताएका छन् ।

मधेसीदलले संबिधानसंभामा भएको सहमतीलाई कान्यान्वयन गर्ने गरी समाबेसीकरण तथा पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित नहुदा सम्मको लागी आमहडताल जारी रहने बिज्ञप्ती मार्फत जनाएका छन।

सम्बन्धित शिर्षकहरु