मेरो एउटा हात भाँच्चियोः नेता देउवा

पोेखरा, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गएको बिहीबार राति लेखनाथ नगरपालिकाको गगनगौँडामा हत्या गरिएका नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘वादल’को पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई आज श्रद्धाञ्जलि दिए।

ramji

नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा राखिएको उनको शवमा सिँचाइमन्त्री नारायण प्रकाश साउद, सभासद चन्द्र भण्डारी, यज्ञबहादुर थापा, कमल पङ्गेनीलगायत काँग्रेसका सयौं कार्यकर्ताले पनि पूmलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

ramji2

श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले नेपाली काँग्रेसका एक होनहार कार्यकर्ता पौडेलको हत्यामा संलग्न हत्यारा र योजनाकार जोसुकै भएपनि कडाभन्दा कडा कारबाही गर्न पार्टी दृढ भएको बताए ।

ramji4

पौडेल एक लोकतान्त्रिक आन्दोलनका योद्धा हुनुहुन्थ्यो भन्दै नेता देउवाले उहाँको निधनले आफ्नो एउटा हातै भाँच्चिएजस्तो भएको धारणा राखे । उनले मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।

ramji7

महामन्त्री सिंहले स्व वादलको हत्याका सवै अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पार्टी र सरकार दृढ रहेको विचार व्यक्त गरे। उनले यस हत्याको सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गरिने बताए ।

ramji1

यसैबीच, वरिष्ठ नेता देउवा, महामन्त्री सिंह, सभासद चन्द्र भण्डारी, यज्ञबहादुर थापा, कमल पंगेनीलगायतका नेता लेखनाथ नगरपालिकाको गगनगौँडास्थित स्व वादलको घरमा गई उनकी श्रीमती चन्द्रकला पौडेल, छोरी र दाजुभाईलाई समवेदना दिए ।

ramji6

यसअघि, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षण रिपोर्टमा दुर्घटनाबाट मरेको भन्ने हल्ला फिँजाएपछि केहीबेर तनावको स्थिति सृजना भएको थियो । उनका आफन्तले शव परीक्षणको रिपोर्ट आफूहरुले हेर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

ramji5

पछि नेताहरुले सम्झाइबुझाई शव चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा लगिएको थियो । पार्टी कार्यालयमा भएको श्रद्धाञ्न्जलिसभापछि उनको शवलाई गगनगौँडास्थित उनको घरमा लगिएको थियो । घरबाट शवयात्रा सुरु गरी सेती नदीको किनारमा लगेर शनिबारै उनको अन्त्येष्टि गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु