ताप्लेजुङमा नयाँ भूकम्प

साउन ३०। काठमाडौँ, आज बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ ।

यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए। यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

सम्बन्धित शिर्षकहरु