भीमदत्तनगर, बाजुराको कोटिला गाविस–३ खोयाका एक किशोरी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
कोटिलाकी १७ वर्षिया भावना मल्ल छाउपडी गोठमा मृत अवस्थामा फेला परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । घटनालगत्तै प्रहरीलाई जानकारी आएपछि प्रहरीको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामप्रसाद पौडेलले मृतक मल्ल नियमित बिरामी भइराख्ने भएका कारणले मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।
“महिनाबारी भएर गोठमा साथीसँग सुतेको अवस्था रहेछ ।” उनले भने–‘किशोरी पहिलेदेखि नै लामो समय बिरामी पर्ने हुनाले परिवारले समेत बिरामीकै कारण मृत्यु भएको बताएका छन ।”








