पहिरोका कारण भक्तपुरै जोखिममा

साउन २८ ।  भक्तपुर,  ताथलीको सौडोल पहिरोको जोखिममा परेको छ । अविरल बर्षात्को कारण महामञ्जुश्री–नगरकोट नपा वडा नं. ३ ताथलीको सौडोल पहिरोको जोखिममा परेको हो ।

विशेष गरी सौडोलको छुंका टोल अहिले पहिरोको उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन् ।

सौडोलको अग्लो ठाउँमा रहेको छुकां टोलका चार घरहरु जोखिममा परेको स्थानीय शिवप्रसाद छुकांले बताए ।
‘पहिरो बाटोसम्म आइपुगेको छ, बाटो र घरबीच जम्मा १०÷१२ फिट मात्र बाँकी छ ।’ उनले भने ।

उनका अनुसार पहिरोको जोखिममा छुकां टोलका १० घरहरु रहे पनि अहिले भने चारघर बढी जोखिममा परेका छन् । ती घरहरुको आँगनमात्र बाँकी हुने गरी पहिरो गइरहेको छ । ती चार घरहरुमा स्थानीयहरु क्रमशः नारायणभक्त, विष्णुकुमार, गोमा र गोविन्द छुकांको घर रहेका छन् ।

स्थानीयहरुले सो ठाउँमा वर्सेनी पहिरो जाने भए पनि पहिरो रोकथामका लागि स्थानीय निकायले ध्यान नदिँदा यो वर्ष भने बस्ती नै उठ्ने चिन्ता छाएको बताएका छन् ।

‘गत वर्ष नै यो ठाउँको पहिरो रोक्नका लागि बजेट आएको भन्ने सुनेको हुँ, तर काम भएन, यही भएर हामी अहिले निक्कै चिन्तामा छौं ।’ स्थानीय शिवप्रसादले भने ।

सम्बन्धित शिर्षकहरु