निक्षेपकर्तालाई ठगी गरेको आरोपमा सर्वेश पक्राउ

arrest-620x400काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निक्षेपकर्ताको रु ५४ लाख ७१ हजार ९५५ ठगी गरेको अभियोगमा बाँके नेपालगन्ज घर भई हाल ललितपुर बस्दै आएका सर्वेश मरासिनीलाई पक्राउ गरेको छ ।

ब्युरोका प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार ललितपुर जिल्ला अदालतले कैद तथा बिगोसमेत असुल गर्नु भनी गत जेठ २१ गते दिएको फैसला विपरीत लुक्दै छिप्दै हिँडेको अवस्थामा उनलाई सोमबार काठमाडौँको चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त मरासिनीलाई प्रहरीले आजै जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

कुवेर सेभिङ एन्ड को–अपरेटिभ महाराजगन्जको सञ्चालक समिति सचिव रहेका मरासिनीले निक्षेपकर्ताको रकम गैरकानुनीरुपमा अपचलन गरी ठगी गरेको भनी पीडित रत्न महर्जनले उजुरी गरेका थिए।

अभियुक्त मरासिनीले स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ सञ्चालक समितिको सदस्यका रुपमा विभिन्न आर्थिक प्रलोभन देखाई रु चार करोड ६० लाख १३ हजार ८७४ ठगी गरेको भन्ने सम्बन्धमा दायर गरिएको मुद्दासमेत विचाराधीन रहेको छ ।

सहकारी डिभिजन कार्यालयमा पेस गएको कागजातमा कीर्ते गर्ने उद्देश्यले अभियुक्तले आफ्नो तस्विरको सट्टा सहोदर दाजुको फोटो टाँसेको पाइएको ब्युरोले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु