साउन २६ । काठमाडौँ, प्रदेशको सिमाकंनको विषयलाई लिएर देशव्यापी असन्तुष्टि बढेपछि त्यस सम्बन्धमा नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
त्यसका लागि एमालेले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्दैछ ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुने बताईएको छ ।
पार्टीहरुले आफ्नो छुट्टाछुट्टै धारणा सार्वजनिक गरेसँगै दलहरुले संयुक्त रुपमा पनि अपिल गर्ने बताइएको छ ।








