बालविवाह नगरिदिन बुबालाई चिठी !

child marryसाउन २६ । काठमाडौँ, अभिभावकको दबाबमा सानो उमेरमै हुने विवाहविरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुबालाई चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् ।

किशोर-किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बारारले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणीय बन्न चाहेको बताउँदै बुबालाई सम्बोधन गरेर चिठी लेखेकी छिन्।

लिपनीमाल गाविसमा सञ्चालित, १० वटा संवाद केन्द्रमध्इे सिर्जना किशोरी संवाद केन्द्रका १३ देखि १९ वर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिक समस्या उल्लेख गर्दै आफ्नो भविष्य यजाड नबनाउन अभिभावकलाई चिठीमार्फत आग्रह गरेका छन् ।

चिठीमा उनिहरुले आफू पढेर प्रहरी, नर्स, शिक्षिका र समाजसेवी बन्ने लक्ष्य रहेको पनि बताएका छन् । समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु