बस दुर्घटनामा चारजनाको मृत्यु

साउन २५ । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा चारजनाको घटनास्थलमा मृत्यु भएको छ ।

घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । मृतकहरुको सनाखत हुन सकेको छैन ।

बस के कारणले दुर्घटनामा परेको हो भन्ने अझै खुल्न नआएको प्रहरीले जनाएको छ ।

बस झन्डै ८० मिटर तल खोलामा खसेको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु