सम्वाद समितिको बैठक जारी

Sambad-samiti-meetingसाउन २४। काठमाडौँ, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक जारी सिंहदरवारमा बसिरहेको छ । दलहरूबीच शनिबार राती भएको सहमतिलाई अनुमोदन गराउनका लागि बैठक बसेको हो । बैठकमा समितिका सभापती डा बाबुराम भट्राईले दलहरूबीच भएको सहमति प्रस्तुत गरेका छन् । यता ६ प्रदेश औचितयहीन् भएको र जनताका मागहरूको सम्बोधन हुन नसक्ने भन्दै राप्रपा नेपाल लगायत केही मधेश केन्द्रित दलहरूले समितिको बैठक बहिस्कार गरेका छन् ।

सम्वाद समितिको बैठक पछि संविधानस सभाको बैठक डाकिएको छ । यसैबीच आइतबार तीन बजेका लागि डाकिएको संविधानसभाको बैठक सारिएको छ । तीन बजेका लागि बोलाइएको बैठक आइतबार साँझ पाँच बजे बस्ने भएको हो ।

त्यस्तै तीन बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक ५ः३० बजेलाई बोलाइएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु