नारी निकुञ्ज अष्ट्रेलियाले भव्य ‘दर’को आयोजना गर्ने

अष्ट्रेलिया, नारी निकुञ्ज अष्ट्रेलियाले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासी दिदीबहिनीहरूलाई दर खुवाउने भएको छ । आगामी २२ अगष्टका दिन सिड्नीको ग्रानभिलमा निकुञ्जले दर खुवाउन लागेको हो । प्रवासी नारीहरूलाई माइतीको झझल्को मेटाउन र सांस्कृतिक जीवन्तता बचाइराख्नका लागि दर खुवाउन लागिएको आयोजक निकुञ्जले जानकारी दिएको छ । त्यस्तै प्रवासी महिलाहरूबीच आपसमा सदासयता र हार्दिकता साटासट गर्न कार्यक्रम महत्वपूर्ण हुने निकुञ्जले विश्वास लिएको छ ।

त्यस्तै निकुञ्जले दर खाने कार्यक्रमलाई प्रायोजन गरी अमूल्य सहयोग गरेको भन्दै कार्यक्रम प्रायोजन गर्ने संघसंस्था तथा सञ्चार सम्बद्ध संस्थाहरू र सञ्चारकर्मीहरूलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षकहरु