बरपाक १५ दिन देखि अन्धकारमा

barpakसाउन २२ । गोरखाबजार,  भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा गत १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम र एनसेलको टावरमा समस्या देखिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।

“पन्ध्र दिन भयो मोबाइलमा टावर नभएको, टावर बनाउन कसैले ध्यान दिएका छैनन्, बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेले गुनासो गरे ।

बारपाकमा फ्री वाइफाईको सेवा भएकाले सञ्चार क्षेत्रमा केही राहत भएको छ । “घाम लागेको बेला मात्रै इन्टरनेट चल्छ”, उनँले भने, “पानी प¥यो, बादल, कुहिरो लाग्यो भने इन्टरनेटले काम गर्दैन ।” भूकम्पको केन्द्रबिन्दु भएकाले यहाँका स्थानीयवासी अन्यत्रका भन्दा बढी समस्यामा छन् ।

नेपाल टेलिकम शाखा कार्यालय गोरखाका प्रमुख, सहायक प्राविधिक अधिकृत देवेन्द्रकुमार प्रधानले घाम नलाग्दा सोलार प्यानलबाट ऊर्जा उत्पादन नभएकाले टावर सञ्चालन गर्न नसकिएको जानकारी दिए ।

“टावर सञ्चालनमा छैन भन्ने हामीलाई जानकारीमा छ”, उनले भने, “घाम लाग्यो भने चल्छ, होइन भने मर्मत नगरी चल्दैन ।” बर्खाले गर्दा कर्मचारी पठाउन नसकिएको बताउँदै उनले भने “गाडी जाँदैन, हिँडेर जान सकिँदैन, बर्खा सकिएपछि टावर मर्मत गछौँ ।” गोरखा सदरमुकामबाट ५२ किलोमिटर टाढा बारपाक गाउँ पर्छ ।

सम्बन्धित शिर्षकहरु