पहिराबाट मृत्यु हुने ३७

pokharaपोखरा, गत बुधबार रातिको भीषण वर्षासँगै आएको पहिराले कास्कीका विभिन्न ठाउँमा आज साँझसम्म मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लुम्लेमा २७, भदौरे तमागीमा आठ र ढिकुरपोखरीको ठूलीचौरमा दुई जनाको मृत्यु भएको छ ।

बाढीपहिराबाट बेपत्ता भएका भदौरे तमागी गाविसका पाँच वर्षीय विश्वराज पराजुली र १० महिनाका किस्मत सुनारको शव फेवातालको पारि टारीखेत भन्ने स्थानमा पानीमा तैरिरहेको अवस्थामा आज प्रहरीले फेला पारेसँगै पहिराबाट मृत्यु हुनेको सङ्ख्या बढेकोे हो ।

उक्त घटनामा घाइते भएका १६ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पहिरामा पुरिएका दुई जना अभैm बेपत्ता छन् ।

सम्बन्धित शिर्षकहरु