भारत, भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको बिहीबार अन्त्येष्टि गरिएको छ ।
उनको गृहनगर भारतको दक्षिणी राज्य तामिल नाडुको रामेश्वरममा उनको अन्त्येष्टि गरिएको समाचारमा जनाइएको छ ।
उनको गत सोमबार मेघालयमा निधन भएको थियो । पारिवारिक परम्परापछि उनको पार्थिव शरीरलाई त्यहाँ पु¥याइएको थियो ।
जनताका राष्ट्रपति उपनाम पाउनुभएका उनले भारतमा निकै ठूलो लोकप्रियता पनि हासिल गरेका थिए
उनको अन्तिम बिदाईका लागि हजारौँ नागरिक त्यहाँ उपस्थित भएका थिए । उनीहरुले उनको विदाईबाट आफूहरु निकै नै भावुक भएको बताएका थिए ।
हजारौँ नागरिकले जनताको राष्ट्रपतिको जय होस् भनी सम्मान व्यक्त गरेका थिए । उनीहरुले भारत माताको जयजयकार पनि गरेका थिए ।
उनको सम्मानमा सैनिक सलामी दिइएको थियो । सैनिक सलामीका क्रममा भारतका उच्चपदस्थ नेता, सरकारी उच्च अधिकारीको उपस्थिति थियो ।
उनको अन्त्येष्टिका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति थियो । प्रधानमन्त्रीले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि पूर्व राष्ट्रपति कलामका ९९ वर्षीय दाजुको साथमा पुगे।
उनले त्यहाँ उपस्थित कलामका सबैजना परिवारलाई समवेदना पनि व्यक्त गरेका थिए।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धी पनि त्यहाँ उपस्थित थिए। साथै काँग्रेसका अन्य उच्च नेताहरु पनि त्यहाँ थिए ।
मुटुसम्बन्धी समस्याका कारण कलामको जुलाई २७ मा निधन भएको थियो । उनी भारतको एक सुप्रसिद्ध वैज्ञानिक पनि थिए ।








