पहिरोले पुरिएका नौ को सनाखत

kaskiसाउन  १४। पोखरा, गएराति १ बजे भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा अहिलेसम्म कास्कीको लुम्ले–५ माझका एकै घरका चार र कास्कीको भदौरे तमागी–५ डुँडाखेतमा गरी नौ जनाको सनाखत भएको छ ।

एकै घरकामध्ये वसन्त विक, निजकी श्रीमती, नातिनातिना गरी चारवटा लास निकालिएको नागडाँडा प्रहरी चौकीका सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिए ।

मृतकमध्ये अर्जनु राईको पनि सनाखत भएको छ । स्थानीय बासिन्दाका अनुसार त्यहाँ आठजना सुतेका छन् । पहिरोले १३ वटा घर पुरेको छ । घटना मध्यरातमा भएकाले कोही पनि भाग्न नपाएको र बेपत्ता हुनेको खोजी भइरहेको छ ।

गएरातिको पहिरोले घर पुरेर मृत्यु भएका कास्कीका भदौरे तमागीका चारजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय टीकाराम विक, निजकी श्रीमती ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली र ७ वर्षीय करण पराजुली भएको घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक केदार रजौरेले जानकारी दिए । चार बेपत्ता र १५ घाइते भएका प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु