कास्की १२ । साउन, कास्कीको विभिन्न ठाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार राति परेको भीषण वर्षासँगै लुम्लेको ४ र ६ मा र चापाकोटमा पहिरो गएको हो। पहिरोमा परी लुम्लेमा मात्रै आठ जना र चापाकोटमा चारको जनाको ज्यान गएको प्रहरी ज्ञानप्रसाद लामिछानेले जानकारी दिएका छन्।
पहिरोका कारण दर्जन बढी घर बगाएको लामिछानेले बताए। बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएका छन् । पहिराका कारण ठाउँ ठाउँमा बाटो अवरुद्ध भएकाले बिस्तृत विवरण आउन कठिनाई भइरहेको छ । अहिले त्यस क्षेत्रमा नेपाली सेना, प्रहरी र स्थानीयबासीहरु उद्धारमा जुटेको प्रहरीले जानकारी दिएको छ ।








