साउनभित्रै संविधान जारी गर्न संविधानसभाको नयाँ कार्यतालिका

conctitution-of-nepal_20150704122433साउन १३ । काठाडौँ, साउन मसान्त भित्र संविधान निर्माण गरी जारी गर्ने संविधानसभाले कार्यतालिका बनाएको छ । कार्यतालिका अनुसार १२ गते नै नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको प्रतिवेदन संविधानसभामा पेश गरिएको छ ।

त्यस्तै १३–१४ गतेसम्म बढिमा दुई दिन प्रतिवेदनमाथि संविधानसभामा छलफल प्रस्ताव छलफल हुने  छ भने १४–१९ गते सम्म संबैधानिक– राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ  ।
यसैगरी १९– देखि २६ गतेसम्म मस्यौदा लेखनका लागि समय छुट्याइएको छ भने पुनर्लिखित मस्गौदालाई २६ गते संविधानसभामा छलफलका  लागि पेश गरिनेछ ।

यस्तै २७–२९ मस्यौदामाथि संशोधन हाल्ने समय तय गरिएको छ भने साउन ३० र ३१ गते संविधानको विधेयकमा छलफल गरी पारित गर्ने छ । उपाध्यक्ष र सभासद्हरूको हस्ताक्षर भएपछि सभाध्यक्षले प्रमाणिकरण गर्ने र राष्ट्रपतिले अनावरण गरेपछि संविधान जारी हुनेछ ।

सम्बन्धित शिर्षकहरु