ब्रिसवेन, नेप्लिज एशोशियसन अफ ब्रिसवेनको नावाको कार्यसमिति पुनर्गठन भएको छ । जुलाई २१ तारिखमा सम्पन्न भेलाले कार्य समिति पुनर्गठन गरेको हो । नावाले एक विज्ञप्ति जारी गर्दै पुनर्गठित कार्यसमितिलाई बधाई ज्ञापन गरेको हो ।
‘खुल्ला पर्दामा बाहिरबाट जे देखिन्छ भित्रपनि तेहि हुन्छ । न अदृष्य शक्ति छ न लुकाउने बनावटी कवज । भनिन्छ नि सुगन्धले भरिएको वगैचामा भ्रमण गर्दा कुनै विविधता हुदैन, सबैले पाउने भनेकै एउटै सुगन्ध हुन्छ।

नयाँ आएको विद्यार्थी होस या पुरानो स्थापित सिनियर सबैको साझा थलो नेप्लिज एशोशियसन अफ ब्रिसवेन अष्ट्रेलिया नावा नै हो।’ विज्ञप्तिमा भनिएको छ ।
तिब्वतीयन किचन रेस्टुरेन्टमा संम्पन्न भेलाले श्री धीरेन्द्ररराज थापाको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।
त्यस्तै सचिवमा विवेक थापा, कोषाध्यक्षमा शब्बु चित्रकार, विद्यार्थी कोडिर्नेटरमा शंकर धरेल, सदस्यहरूमा कृष्ण सुवेदी, रमिला राई गजेन्द्रराज थापा, नीर्पण विष्ट, राकेश राई, ब्रिजेन बन रहेका छन् ।
यसैगरी नवगठित कार्यसमितिले आफ्ना आगामि कार्ययोजनाहरु निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ ।







