नयाँ दिल्ली, उत्तरी भारतको पञ्जाब प्रान्तको गुर्दासपुर जिल्लामा सोमबार भएको आतङ्कवादी आक्रमणमा परी कम्तिमा छ जनाको मृत्यु भएको त्यहाँको उच्च प्रहरी अधिकारीले बताएका छन् । उक्त घटनामा पाँच जना घाइते भएको पनि खबर छ ।
स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ः३० बजे भारत–पाकिस्तान सिमानानजिकै भएको उक्त हमलामा सैनिक पोसाकमा आएका चार जना आतङ्कवादीहरुको संलग्नता भएको जनाइएको छ ।
उनीहरुले आक्रमण गर्नुभन्दा पहिले एउटा कारलाई आफ्नो कब्जामा लिई यात्रुवाहक बसमाथि अन्धाधुन्द गोली चलाएका थिए । पछि दिनानगरको प्रहरी कार्यालयमाथि पनि आक्रमण गरेका थिए ।
उनीहरु प्रहरीको प्रत्याक्रमणमा मारिएका छन् ।








