बालबालिकाहरूलाई लक्षित गरी ग्रानभिलमा यस्तो कार्यक्रम

सिड्नी, अष्ट्रेलियाको सिड्नी स्थिति ग्रानभिलमा नेपाली समूदायले बालबालिकाहरूलाई लक्षित गरी विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । ‘जीएनसीसी किड्स कार्निभल एण्ड बार्बेक्यू पार्टी’ नाम दिएको सो कार्यक्रम ग्रानभिलमा २६ जुलाईका दिन होलर्योड गार्डेनमा आयोजना हुनेछ ।

कार्यक्रममा बालबालिकाहरूका लागि विभिन्न प्रतियोगितात्मक दौडहरूका अतिरिक्त महिलाहरूका लागि म्युजिकल चेयर पनि आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको आयोजक ग्रानभिल नेप्लिज कम्युनिटी क्लब हो । वालवालिकाहरूका लागि केन्द्रित गरिएको सो कार्यक्रममा भाग लिन हामी अनुरोधगर्दछौं , यसप्रकारको कार्यक्रम यो नै पहिलो पटक  आयोजना ग्रानभिलमा  गरिएको हो ” क्लवका महासचिव राम रुवाली असनेपाल समाचार अनलाइन लाई बताउनुहुन्छ ।

नेपालीहरूको वाक्लो वस्ति रहेको ग्रानभिलमा ,  क्लव ले हरेक वर्ष समुदायमा सद्भभाव बढाउन दशै कार्यक्रम तथा अन्य विविध जमघटका कार्यक्रम गर्दै आएको जनाएको  छ ।

ग्रानभिल नेप्लिज कम्युनिटी क्लबले आयोजना गरेको विगतको दशै कार्यक्रम यस्तो थियो । 

सम्बन्धित शिर्षकहरु