साउन ४ । नुवाकोट, अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा पेट्रोल बम प्रहार भएको बताइएको छ । संविधानको मस्यौदामा सुझाव संकलनका लागि नुवाकोटको खरानीटार जाँदै गरेका महतमाथि बम प्रहार भएको हो।
नुवाकोटको गणेस्थान गाविसको छेदीखोलामा उनको गाडीलाई लक्षित गरि आक्रमण भएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ। बमले अर्थमन्त्रीको गाडीमा कुनै असर नगरेको र डा महत तोकिएको स्थानमा पुगिसकेको नुवाकोट प्रहरीले जनाएको छ । आक्रमण स्थल माथि ठूलो भीर र जंगल समेत छ र आक्रमण कसले गरेको हो यकिन हुन नसकेको प्रहरीले जानकारी दिएकोछ ।
नुवाकोट क्षेत्र नं २ का सभासद महत खरानीटारमा सुझाव संकलनका लागि जाँदै थिए।








