साउन १ । काठमाडौँ, शुक्रबार बिहानै ४ म्याग्निच्युडको परकम्पको धक्काले राजधानीबासीलाई ब्युझाएको छ। गोरखा केन्द्रविन्दू भएको सो परकम्पको धक्का गोरखा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका सहितका स्थानमा अनुभव गरिएको छ।
वैशाख १२ गतेको गएको ७।८ म्याग्निच्युडको भूकम्पकै परकम्पको रुपमा यो गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार असार २८ यता ४ म्याग्निच्युडको परकम्प गएको थिएन।








