अध्यक्ष पुष्पकमल दाहाल भेटघाटमा व्यस्त

pkd-swaraj_20150715024913साउन १। काठमाडौँ, भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।

अध्यक्ष दाहालले जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राज्यसभाका विपक्षी दलका नेता गुलाब नबी आजाद, काँग्रेस आईका कोषाध्यक्ष मोतीलाल बोहोरा, राष्ट्रवादी काँग्रेसका अध्यक्ष डिपी त्रिपाठी र विभिन्न दलका नेता केसी त्यागी, हन्ना मोला, जोगीन्द्र शर्मालगायत विभिन्न दलका वरिष्ठ नेतासँग सामूहिक भेटवार्ता गरेका थिए।

जनता दल युनाइटेडका अध्यक्ष यादवले आयोजना गरेको सो भेटघाटमा एमाओवादी अध्यक्ष दाहालले बाह्रबुँदे सहमतिमा भारतको सहयोग र सद्भाव रहेकाले अब बन्ने संविधान निर्माण प्रक्रियामा पनि सहयोग र सद्भाव रहनुपर्ने बताएका थिए । अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले राससलाई जानकारी गराए । अध्यक्ष यादवले एमाओवादीको अग्रसरताले मात्र संविधान लेखनको काम अगाडि बढाउन सफल भएको भन्दै एमाओवादी अध्यक्ष दाहालको प्रशंसा गरेका थिए।

सो अवसरमा भारतीय नेताहरुले भारत सधैँ नेपालको साथमा रहेको अवगत गराउँदै नेपालको संविधान निर्माण प्रक्रिया पूरा हुन लागेकामा खुसी व्यक्त गरेका थिए । सो अवसरमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको पनि सहभागिता थियो ।

यस्तै नेता दाहालले शुक्रबारै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभासँग भेटवार्ता गरेका छन्। सो भेटवार्तामा नेपाल भारत सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको सहयोगी खकुरेलले जानकारी दिए । यसैगरी अध्यक्ष दाहाल शुक्रबार ‘समकालीन तीसरी दुनियाँ’ पत्रिकाले आयोजना गरेको विशेष अन्तक्र्रिया कार्यक्रममा समेत सहभागी भएका थिए । आफ्नो सम्मानमा नेपाली राजदूतावास नयाँ दिल्लीले शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा अध्यक्ष दाहाल सहभागी थिए । अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्बन्धित शिर्षकहरु