मस्यौदामा सुझाव दिन अष्ट्रेलियावासी नेपाली समुदायलाई दूतावासको यस्तो आग्रह

अष्ट्रेलिया, नेपालको संविधान– २०७२ को मस्यौदामाथि सुझाव दिन अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले नेपाली समुदायलाई आग्रह गरेको छ  । उसले संविधानको मस्यौदामा आफ्नो प्रतिक्रिया र सुझाव दिन आग्रह गरेको हो ।  नेपाली दूतावासले अष्ट्रेलिया तथा ओसेनिया क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई संविधानको मस्यौदा मगि सुझाव प्रस्तुत गर्न भनेको छ । क्यानबेरामा रहेको नेपाली दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै ऐतिहासिक अवसरलाई सदुपयोग गर्न विशेष आग्रह समेत गरेको छ ।

अष्ट्रेलियासहित न्इूजिल्याण्ड, फिजीसमेत हेर्ने सो दूतावासले ती क्षेत्रमा रहेका नेपालीहरूलाई सुझाव दिने कार्यलाई सहजकर्ताको भूमिका निर्वाह गरिदिन अन्य संघ संस्थाहरूलाई समेत अनुरोध गरेको छ । यसरी दिइने सुझावलाई प्रत्यक्ष रूपमा नेपाल सरकार परराष्ट्र मन्त्रालयको ईमेल constitutionaldraft@mofa.gov.np मा अथवा दूतावासको ईमेल info@necan.gov.np मा समेत पठाउन दूतावासले विशेष आग्रह गरेको छ । यसरी रायसुझाव पठाउने अन्तिम मिति २१ जुलाई भएकोले त्यसअगावै पहिलो मस्यौदामा आफ्ना सुझाव दिन पनि दूतावासले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षकहरु