अष्ट्रेलिया, गएको बैसाख १२ को विनासकारी भूकम्पका कारण घरबारबिहीन् भएकाहरूको सहयोगका लागि अष्ट्रेलियाको सिड्नीमा श्री ५ अम्बरेको विशेष च्यारिटी सो हुने भएको छ ।
शनिबार सिड्नीको हस्र्टभिलमा विशेष प्रदर्शनी गर्न लागिएको हो । भूकम्पको चपेटामा परेका मुलुकबासीहरूको पीडामा थोरै भएपनि राहत होस् भनेर प्रदर्शनी आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन् । प्रदर्शनी स्थानीय समयानुसार दिउँसो दुई बजे देखी बेलुका ८ बजेसम्म गरिने छ । र, प्रदर्शनी दुई सो गर्नेपनि आयोजकको तयारी । प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम भूकम्प पीडितका लागि खर्चने पनि आयोजकले स्पष्ट पारेको छ ।







