मेनपावर व्यवासायी अनिश्चितकालिन् हड्तालमा

sang0असार २४ । काठमाडौँ, श्रम तथा रोजागार मन्त्रालयको शून्य लागतमा मात्र कामदार पठाउने निर्णयको विरोधमा मेनपावर व्यवसायीले अनिष्चिनकालीन कार्यालय बन्द गरी आन्दोलमा जाने भएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको आकस्मिक बृहत व्यवसयी भेलाले आजबाट कार्यालय नखेल्ने र कामदारको अन्तवार्ता नलिने निर्णय गरेको हो । संघले आज १० बजे वैदेशिक रोजगार विभागको ताहचल स्थित श्रमग्राममा घेराउ गर्ने जनाएको छ ।
श्रम मन्त्रालयको शून्य लागतको निर्णय पश्चान पहिलो र दोस्रो दिन श्रम स्विकृती शून्य भएको छ । शून्य लागतको निर्णयले नेपालमा आउने रोजगारका कोटा अन्य मुलुकमा गइ नेपालीले पाउदै अएको रोजगारको अवस गुम्ने मेनपावर व्यवसायीको भनाइ छ । श्रम सम्भौता गरेर रोजगारको कोटा सुरक्षित गरी शुन्य लागत गर्नु पर्ने माग मेनावार व्यसायीको छ । दैनिक पन्ध्रसय युवा रोजगारकालगि विदेशिइरहेकोमा शून्य लागतको निर्णयका कारण नेपाली विदेश जान नपाउने अवस्था आउने मेनपावर व्यवसायीको दावी छ ।

श्रम तथा रोजगार मन्त्रालयले खाडीका ६ राष्ट्र र मलेशियमा वैदेशिक रोजगारमा जाने कामदारका लागि असार २१ गतेबाट फ्रि भिषा र फ्रि टिकट भएकमा मात्र स्विकृती दिने निर्णय लागु गरिसकेको छ । असार १० गते नै सूचना जारी गरेर उसले न्यूनतम लागतमा कामदार विदेश पठाउने निर्णय कार्यान्वयन हुने जानकारी गराएको थियो । म्यानपावर व्यवसायीहरुले भने यसको विरोध जनाउँदै कुनै पनि हालतमा त्यो लागू हुन नदिने बताएका थिए ।

सम्बन्धित शिर्षकहरु