बिहानै भूकम्‍पका दुई धक्‍का

असार २३ । काठमाडौँ, बुधबार बिहानै भूकम्‍पका दुई धक्‍का महसुस भएका छन्। बिहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्द्र बनाएर ४.२ म्‍याग्निच्‍युड र बिहान १० बजेर १९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्‍याग्निच्‍युडको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्‍प मापन केन्द्रले जनाएको छ।
Capture

त्यस्तै मंगलबार मात्रै नेपालको बाग्लुङ र बाजुरा केन्द्रविन्दु बनाएर दुई नयाँ भूकम्प गएको थियो। दिउँसो ३ः ११ बजे बाजुरा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो भने बेलुका ९ः ०६ बजे बाग्लुङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो।

सम्बन्धित शिर्षकहरु