बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्ति

kalyanअसार २३ । काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेका छन्।

संवैधानिक परिषदको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति यादवले बुधबार बिहान प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतका अनुसार बिहान ९ बजे श्रेष्ठको सपथ ग्रहण कार्यक्रम तय भएको छ।

सपथपछि बिहान ११ बजे श्रेष्ठले सर्वोच्च अदालतमा आफ्नो कार्यभार सम्हाल्नेछन्। यसैबीच राष्ट्रपति डा रामबरण यादव दिउँसो तीन बजे सरकारको निती तथा कार्यक्रम घोषणाका लागि व्यवस्थापिका संसउदमा जाने कार्यक्रम रहेको बस्नेतले बताए।

सम्बन्धित शिर्षकहरु